हकप्रदमा झुक्याएको किसान लघुवित्तको कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 01:10:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले किसान लघुवित्त (साविकको एनआरनएन) लघुवित्तको कारोबार रोक्का राख्दै ३ दिने स्पष्टिकरण सोधेको छ । कम्पनीले साधारणसभामा सूचना प्रकाशित गर्दा अघिल्लो दिन हकप्रद प्रस्ताव गरेको तर दोस्रो दिन त्यसलाई संशोधन गर्दै हकप्रद प्रस्ताव हटाएपछि नेप्सेले स्पष्टिकरण सोधेको हो 

नेप्सेले मूल्यमा प्रभाव पार्ने सुचना समयमा किन नदिएको र किन हकप्रद प्रस्ताव गरि संशोधन गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधेको हो । नेप्सेले सूचना परिवर्तन गर्नुको कारण सहित स्पष्टिकरण पेश गर्न भनेको हो । नेप्सेले संचालक समितिले हकप्रदको निर्णय गरेको भए किन त्यसको जानकारी नदिएको भन्ने विषयमा जवाफ माग गरेको छ ।  

 कम्पनीले आइतबार सूचना प्रकाशित गर्दै १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव साधारणसभामा लैजाने उल्लेख गरेको थियो । तर सोमबार कम्पनीले संशोधित सूचना प्रकाशित गर्दै हकप्रद प्रस्ताव हटाएको थियो 

कम्पनीले हकप्रद निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेपछि आइतबार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत अर्थात् १५७ रुपैयाँले बढेर प्रति कित्ता १७३१ रुपैयाँ पुगेको थियो । कम्पनीले हकप्रद प्रस्ताव हटाएसंगै हकप्रदको आशमा महँगो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता मारमा परेका छन् 

कम्पनीले मूल्य बढाउँन कै लागि हकप्रद प्रस्ताव गरेको देखिन्छ । जबकी नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रद निष्काशनमा रोक लगाएको छ । कम्पनीले साधारणसभाको सूचनामा चैत्र ६ मा बसेको संचालक समितिको निर्णय भनी उल्लेख गरेको छ । अर्थात् हकप्रद प्रस्ताव हटाउनु अघि संचालक समितिको बैठक बसेर थप निर्णय भएको देखिदैन । हकप्रदको नाममा यसरी चलखेल हुँदा यसको मारमा भने लगानीकर्ता परेका छन् ।  

 कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved