स्टक डिलरले आफ्नो प्रणालीबाट यी ३९ कम्पनीको शेयर मात्र कारोबार गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 05:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्टक डिलरले कारोबार गर्न योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले आज मंगलबार स्टक डिलरको लागि कारोबार योग्य कम्पनी सार्वजनिक गरेको हो ।

नेप्सेले  'धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य संचालन कार्यविधि २०७७' को ब्यबस्था अनुसार कम्पनी चयन गरेको हो । नेप्सेले कम्पनी छनौटको लागि ४ वटा मापदण्ड तोकेको छ । ३ वर्ष देखि नाफामा रहेका, कम्तिमा १० हजार लगानीकर्ता रहेका, चुक्ता पुँजी २० करोड भन्दा बढी भएका र १ वर्षको कारोबार दिनमा कतिममा ८० दिन कारोबार भएका कम्पनी मात्र छनौटमा पर्न सक्छन् । सोहि अनुसार नेप्सेले सूची सार्वजनिक गरेको हो  ।

कारोबार योग्य कम्पनीको सुचिमा २६ वटा बाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त कम्पनी रहेका छन्  । त्यस्तै सूचीमा अन्य समुहको नेपाल टेलिकम र होटेल समुहको तारागाउ होटेल पनि रहेको छ  । 

नेप्सेले छनौट गरेका कम्पनी मध्येबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनी छनौट गर्ने छ । डिलरले पेश गरेको सुचीमा हेरफेर गर्न आवश्यक देखेमा नेप्सेले हेरफेर गरेर अनुमति दिने छ । कम्पनीको सूचीमा हेरफेर गर्न चाहेमा स्टक डिलरले लिखित जानकारी गराई स्वीकृत गराउनु पर्ने छ । सुचीमा नपरेका कम्पनीको कारोबार स्टक डिलरले आफ्नो प्रणालीबाट गर्न पाउने छैन । यद्यपि उसले अन्य ब्रोकर मार्फत भने त्यस्ता कम्पनीको कारोबार गर्न सक्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेमा ५० लाख धरौटी राख्नु पर्ने छ । धरौटी रकमको २५ गुणासम्म स्टक डिलरले कारोबार गर्न पाउने छ । 

हेर्नुस कारोबारयोग्य कम्पनीको सूची : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved