सर्वोत्तम सिमेन्टले आईपिओ अगावै लाभांश तोकेको विषय धितोपत्र बोर्डको 'र्याडर'मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 07:14:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टले घोषणा गरेको लाभांशको विषयलाई 'नोटिस'मा  लिएको जनाएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको बुक विल्डिङबारेको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले यो विषयलाई बोर्डले नोटिसमा लिएको जानकारी दिएका हुन् 

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई 'रोड शो' गर्दा यस्तो जानकारी दिन मिल्ने भए पनि सर्बसाधारणलाई नै यस्तो प्रकारको सूचना दिन नमिल्ने उनले बताएका हुन् । सर्बसाधारण लगानीकर्तालाई आकर्षित गर्ने गरि कुनै पनि विज्ञापन गर्न नमिल्ने उनले बताए। उनले भने 'कम्पनीले लाभांश घोषणा गरेको विषय हाम्रो नोटिसमा छ, यसलाई र्याडरमा राखेर  के गर्ने भन्नेबारे हामी छलफल कै क्रममा छौ'। 

अन्य कम्पनीले पनि आईपिओ निष्काशन गर्दा आफ्नो विवरणपत्रमा  लाभांश दिने विषय तोकेर नै लेखेको भए त्यसलाई हटाउने लगाउने गरेको उनले बताए । लगानीकर्तालाई प्रभाव पार्ने गरि आईपिओको विज्ञापन गर्न नपाइने ब्यबस्था नियम मै रहेको उनले बताए ।  

योग्य संस्थागत लगानीकर्ताले प्राइज फर्मेशन समेत गर्ने भएकोले कम्पनीको त्यस्ता घोषणाले व्यक्ति प्रभावित हुन सक्ने भए पनि संस्था प्रभावित हुनु नहुनु उनको भनाई थियो । 

सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई आईपिओको मूल्य प्रति किता ७५० र सर्बसाधारणलाई ६७५ प्रस्ताव गरेको छ । कम्पनीले यो मूल्य पेश गर्नुको पछाडी विभिन्न १५ वटा कारण पेश गरेको छ । त्यसको ८ नम्बर बुँदामा 'आईपिओ जारी पश्चात पहिलो ३ महिना भित्रै १०% वोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै रु १०० प्रति सेयरको आम्दानी तत्कालै हुने ।' उल्लेख छ  ।

कम्पनीको यो कार्य धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका-२०७४ को ब्यबस्था विपरित हुने देखिन्छ । निर्देशिकाको दफा २३ मा प्रचारप्रसार तथा विज्ञापन सम्बन्धी व्यवस्थाको १ मा ‘संगठित संस्थाले आफूले निष्काशन गर्न लागेको धितोपत्रको सम्बन्धमा सर्वसाधारणको जानकारीको लागि निष्काशन तथा बिक्री प्रबन्धक मार्फत सार्वजनिक सञ्चार माध्यमबाट प्रयाप्त प्रचारप्रसार तथा विज्ञापन गर्नुपर्ने तर निष्काशन हुन लागेको धितोपत्र सम्बन्धी जानकारी मूलक प्रचारप्रसार तथा विज्ञापन बाहेक लगानीकर्तालाई आकर्षित गर्ने अन्य किसिमको प्रचारप्रसार तथा विज्ञापन गर्न नपाइने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved