स्टक डिलरको 'मक ट्रेडिङ' सकियो, टेलिकमको शेयर खरिद बिक्रि गर्न पाउँने कि नपाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 09:43:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले 'मक ट्रेडिङ' सकिएको जनाएको छ। 'मक ट्रेडिङ' सकिएसंगै अब सिडीएसबाट क्लियरिङ मेम्बरको रुपमा अनुमति पाएपछि कम्पनीले आफ्नै प्रणालीबाट शेयर खरिद बिक्रि गर्न सुरु गर्ने जनाएको छ। आफै शेयर खरिद बिक्रि गर्ने भएकोले डिलरलाई क्लियरिङ मेम्बरको लाईसेन्स चाहिन्छ

स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले  'मक ट्रेडिङ' सकिएकोले सम्पूर्ण प्रणाली परिक्षण भई तयारी अवस्थामा रहेको बताए । मक ट्रेडिङ अभ्यासको लागि मात्र भएकोले यसमा सेटलमेन्ट हुदैन । यो चरणमा हालेको अर्डर म्याच हुन्छ कि हुदैनसिस्टममा रहेका सबै फिचर्सले काम गरेको छ किन छैनअर्डरहरु जसरी आउनु पर्ने हो त्यसरी आएको छ कि छैन लगायतका विषय हेरिएको कम्पनीले जनाएको छ। अर्थात् यो बजार प्रवेश गर्नु अगाडीको पुर्व अभ्यास हो । 

नेपाल स्टक एक्सचेन्जले अहिलेको टिएमएसबाट कारोबार गराउनु अगाडी पनि लगानीकर्तालाई अभ्यासको मक ट्रेडिङ गर्न दिएको थियो । त्यसरी नै स्टक डिलरले सिस्टम परिक्षण गर्न र अभ्यास गर्न मक ट्रेडिङ भएको हो । 

उता नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्टक डिलरले कारोबार गर्न योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले मंगलबार स्टक डिलरको लागि कारोबार योग्य कम्पनी सार्वजनिक गरेको हो ।

नेप्सेले  'धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य संचालन कार्यविधि २०७७' को ब्यबस्था अनुसार कम्पनी चयन गरेको हो । नेप्सेले कम्पनी छनौटको लागि ४ वटा मापदण्ड तोकेको छ । ३ वर्ष देखि नाफामा रहेका, कम्तिमा १० हजार लगानीकर्ता रहेका, चुक्ता पुँजी २० करोड भन्दा बढी भएका र १ वर्षको कारोबार दिनमा कतिममा ८० दिन कारोबार भएका कम्पनी मात्र छनौटमा पर्न सक्छन् । सोहि अनुसार नेप्सेले सूची सार्वजनिक गरेको हो  ।

कारोबार योग्य कम्पनीको सुचिमा २६ वटा बाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त कम्पनी रहेका छन्  । त्यस्तै सूचीमा अन्य समुहको नेपाल टेलिकम र होटेल समुहको तारागाउ होटेल पनि रहेको छ  । यद्यपि स्टक डिलरमा टेलिकम कै लगानी भएकोले डिलरले टेलिकमले शेयर खरिद बिक्रि गर्न पाउने कि नपाउने भन्नेमा बहस सुरु भएको छ ।

 स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संस्थापक कम्पनीको शेयर खरिद बिक्रि गर्न नपाइने ब्यबस्था रहेको बताए । उनले भने 'नर्मल्ली प्रमोटर कम्पनीको शेयर खरिद बिक्रि गर्न पाइदैन, नेप्सेले के प्रयोजनको लागि के आधारमा त्यस सूचीमा टेलिकमलाई पनि समावेश गरेको हो, हामी नेप्सेसँग छलफल गरेर अगाडी बद्छौ'। 

नेप्सेले स्टक डिलरले आफ्नो प्रणालीबाट खरिद बिक्रि गर्न सक्ने शेयरको सूची मात्र सार्वजनिक गरेको हो । नेप्सेले छनौट गरेका कम्पनी मध्येबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनी छनौट गर्ने छ । डिलरले पेश गरेको सुचीमा हेरफेर गर्न आवश्यक देखेमा नेप्सेले हेरफेर गरेर अनुमति दिने छ । कम्पनीको सूचीमा हेरफेर गर्न चाहेमा स्टक डिलरले लिखित जानकारी गराई स्वीकृत गराउनु पर्ने छ । सुचीमा नपरेका कम्पनीको कारोबार स्टक डिलरले आफ्नो प्रणालीबाट गर्न पाउने छैन । यद्यपि उसले अन्य ब्रोकर मार्फत भने त्यस्ता कम्पनीको कारोबार गर्न सक्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेमा ५० लाख धरौटी राख्नु पर्ने छ । धरौटी रकमको २५ गुणासम्म स्टक डिलरले कारोबार गर्न पाउने छ । 

नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते स्टक डिलरलाई अनुमति प्रदान गरेको थियो । बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली२०६४ मा संशोधन गरेको थियो ।

साथैनेपाल सरकारको बजेट बक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो । उक्त पृष्ठभूमिमा नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लि.लाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली२०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमतिपत्र प्रदान गरेको थियो ।

 स्तर डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ  । जसमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशतनेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ   कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved