मेरोशेयरको सर्भर अपग्रेड गर्न ५ कम्पनीको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 01:37:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियरिङ (सिडीडिएससी)को सर्भर अपग्रेड गर्नको लागि ५ कम्पनीले प्रस्ताव पेश गरेका छन् । मेरोशेयरको सर्भर अपग्रेड गर्नको लागि सिडीएसले शिलबन्दी बोलपत्र आह्वान गरेकोमा ५ कम्पनीले प्रस्ताव पेश गरेका हुन् । 

प्रस्ताव पेश गर्नेमा सीएएस ट्रेडिङ, साइपर टेक्नोलोजी, दृष्टि टेक, म्याक्स इन्टरनेशनल, सश्त्र नेटवर्क सोलुसन लगायत रहेका छन्। अब पेश भएका प्रस्तावको आधारमा सिडीएसले यी ५ मध्ये एक कम्पनीलाई सर्भर अपग्रेडको ठेक्का दिने छ । 

सिडीएसले सर्भर  तत्काल आवश्यक पर्ने भएकोले सम्झौता भएको ७ दिनभित्र सर्भर दिन सक्ने कम्पनीलाई मात्र आवेदन दिन आग्रह गरेको थियो।  प्रयोगकर्ता बढेसंगै मेरोशेयरको सिस्टमले लोड नधान्ने समस्या बढेपछि सिडीएसले सर्भर अपग्रेड गर्न लागेको हो । विशेष गरि आईपिओ निष्काशन भएको बेलामा र आईपिओको नतिजा सार्वजनिक भएको बेलामा मेरोशेयरमा समस्या देखिने गरेको छ । ति समयमा प्रयोगकर्ताको संख्या बढेर वेबसाइट नै नखोल्ने समस्या देखिने गरेको छ । 

त्यसो हुँदा लगानीकर्ताहरुले आईपिओमा आवेदन दिन, नतिजा हेर्न , तथा बेचेको शेयरको ईडिआइएस अर्थात् शेयर ट्रान्सफर गर्न पनि कठिनाई भोग्दै आएका छन् । बेचेको शेयर ट्रान्सफर गर्न नसक्दा लगानीकर्ताहरु क्लोज आउटमा  समेत पर्दै आएका थिए ।  यिनै समस्याको समाधान गर्न सिडीएसले नयाँ सर्भर राख्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved