माया खोला हाईड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 04:22:16 PM मा प्रकाशित

laxmi  sunrise bank

माया खोला हाईड्रोपावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आज बिहिबार शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतामा माया खोला हाईड्रोका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

कम्पनीले सर्वसाधारणलाई २४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।  माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved