एनसीसी बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन खुल्यो, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 08:27:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  ले आज चैत्र १३ गतेदेखि ऋणपत्रको बिक्रि खुला गरेको छ। कम्पनीले  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो 

जस मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तबरबाट बिक्रि गरिने र बाँकि १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि हुने छ  । सर्बसाधारणलाई छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ  । यस हिसाबमा लगानीकर्ताले १ लाख ४० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  

आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि दिन सकिने छ  । लगानीकर्ताले छिटोमा चैत्र १८ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा चैत्र २७ गतेसम्म आवेदन दिन सक्ने छन्  

 १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ। ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved