साविकको सिटी एक्सप्रेस फाइनान्सको शेयर डिम्याट गराउन इन्भेष्टमेन्ट बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 09:37:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले शेयर डिम्याट नगराएका साविकका सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ । बैंकले २०७७ माघ ११ गतेसम्म पनि शेयर डिम्याट नगराएको भएमा बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा गई शेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो ।

शेयरको सक्कल प्रमाणपत्र  डिम्याट खाता खोलेको कन्फरमेशन लेटरको फोटोकपि संलग्न गरि शेयर अभौतिकिकरणको लागि आवेदन दिन बैंकले आग्रह गरेको हो । यदि डिम्याट खाता नखोलेको भए खाता खोलेर आवेदन दिन आग्रह गरिएको छ । माघ ११ गते भन्दा अगाडी नै शेयर डिम्याट गरिसकेको भए ति शेयरधनीहरुको डिम्याट खातामा नेपाल इन्भेष्टमेन्ट बैंकको नामको शेयर जम्मा भईसकेको बैंकले जनाएको छ । 

बैंकले फाइनान्सलाई गाभेपछि माघ ११ देखि एकिकृत कारोबार सुरु भएको थियो ।  बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा गाभेको हो । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर पाउने छन् । दुवै संस्थाको असोज २८ गते विशेष साधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved