हकप्रदमा झुक्याएको किसान लघुवित्तले पेश गर्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 11:15:29 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान लघुवित्त (साविकको एनआरनएन) लघुवित्तले स्पष्टिकरण पेश गरेको छ । कम्पनीले हकप्रदको सूचना सच्याएको र समयमा नै सूचना नदिएको विषयमा नेप्सेले स्पष्टिकरण सोधेपछि कम्पनीले स्पष्टिकरण पेश गरेको हो 

स्पष्टिकरणमा कम्पनीले पुँजी बढाउँन हकप्रद प्रस्ताव गरेको तर यस विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर अगाडी बढ्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको छ । तर साधारणसभा हुनु भन्दा २१ दिन अगाडी साधारणसभा आह्वान गर्नु पर्ने ब्यबस्था भएको तथा सो दिन विदा परेको परामर्श गर्न नसकिएकोले हकप्र  प्रस्ताव सहितको सूचना प्रकाशन गरेको कम्पनीले उल्लेख गरेको छ । 

दोस्रो दिन राष्ट्र बैंकसँग परामर्श गर्दा हकप्रद प्रस्ताव हटाउन सुझाव आएकोले हकप्रद प्रस्ताव हटाएर सूचना प्रकाशित भएको तथा दोस्रो पटक प्रकाशित सूचना आधिकारिक हुने कम्पनीले उल्लेख गरेको छ । 

त्यस्तै कम्पनीले लग ईन आइडीको समस्याको कारण समयमा नै नेप्सेलाई जानकारी गराउन नसकिएको जनाएको छ । निर्णय भएको दिनमा  विदा भएको, त्यसको भोलिपल्ट निर्णय अपलोड गर्न खोज्दा आफुसँग कम्पनीको पुरानो नामको मात्र लग ईन आइडी मात्र भएको, र त्यसले काम नगरेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै नेप्सेसँग नयाँ नामको लगईन आइडी लिनजाँदा ढिला भएको र नयाँ आईडी पाउना साथ सूचना अपलोड गरेको कम्पनीले दाबी गरेको छ । 

कम्पनीले हकप्रद प्रस्ताव सहितको सूचना प्रकाशन गर्दा शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि मनशाय नभएको र सबै कुरा मानवीय त्रुटीको कारण भएको जिकिर गरेको छ । कम्पनीले यसबाट सबैमा पर्न गएको असर प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता कमीकमजोरी नदोहोर्याउने प्रतिबद्दता समेत व्यक्त गरेको छ । 

 लघुवित्तले एक दिन पनि नबित्दै साधारणसभाको सूचना संशोधन गरेर हकप्रद निष्काशन गर्ने प्रस्ताव हटाएको थियो । कम्पनीले गत आइतबार सूचना प्रकाशित गर्दै १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव साधारणसभामा लैजाने उल्लेख गरेको थियो । तर सोमबार कम्पनीले संशोधित सूचना प्रकाशित गर्दै हकप्रद प्रस्ताव हटाएको थियो 

कम्पनीले हकप्रद निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेपछि आइतबार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत अर्थात् १५७ रुपैयाँले बढेर प्रति कित्ता १७३१ रुपैयाँ पुगेको थियो । कम्पनीले हकप्रद प्रस्ताव हटाएसंगै हकप्रदको आशमा महँगो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता मारमा परेका छन् 

 हाल नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved