पूँजी बजारमा महिलाको उपस्थिति उत्साहजनक, ४५ प्रतिशत मेरोशेयर खाता महिलाको नाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 12:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपालको पूँजी बजारमा पछिल्लो समय महिला लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको बताएका छन्। UN-Women को आव्हानमा World Federation of Exchanges सँग आवद्ध नेपाल स्टक एक्सचेञ्जले आयोजना गरेको Ring the Bell for Gender Equality कार्यक्रममा अध्यक्ष ढुंगानाले महिला लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको बताएका हुन्।

उनले कुल डिम्याट खातामा महिलाको खाता ४२ प्रतिशत, कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत खाता महिलाको रहेको बताए ।बोर्ड लगायत पूँजी बजारका अन्य निकायहरूको उच्च व्यवस्थापकिय तहमा महिलाहरू रहने क्रम बढ्दै गएतापनि यस स्थितिलाई आगामी दिनमा थप सुदृढ गर्दै लैजानुपर्ने चुनौति भने कायमै रहेको उनले बताए। 

कार्यक्रममा उनले गत वर्ष विश्वका ७७ वटा एक्सचेञ्जहरूले International Women Day को अवसर पारी यस्तो कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै Gender Equality को सचेतना अभिवृद्धिका लागि नेप्सेले पनि यस प्रकृतिको कार्यक्रम सञ्चालन गरेकोमा नेप्सेलाई बधाई तथा शुभकामना दिए ।

उनले नेपालमा पनि दिगो विकासका १७ लक्ष्यमध्ये लैंगिक समानता (Gender Equality) पनि एक प्रमुख लक्ष्यको रूपमा रहेको र सो प्राप्तिका लागि सन्दर्भमा नेपाल सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा नेपालको पूँजी बजारमा रहेका विभिन्न निकायहरूमा महिलाको सहभागिता अभिवृद्धि तथा समानता कायमका लागि यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताए । 

विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछाड्ने (No one will be left behind) प्रतिवद्धताका साथ नेपाल सरकारले दिगो विकासका लक्ष्यहरूलाई समावेश गरी हाल कार्यान्वयनमा रहेको १५ औं योजनाले Gender Equality र Women Empowerment को सम्बन्धमा महिलाको आर्थिक  सशक्तिकरण र सामाजिक रूपान्तरण गर्ने रणनीति लिएकोमा सो का लागि पूँजी बजारलाई पनि एक माध्यमको रूपमा प्रयोग गर्नुपर्ने उनले बताए।  

पूँजी बजारले रोजगारी, आय लगायत विभिन्न आर्थिक गतिविधि चलायमान बनाउने भएकोले पनि यो महत्वपूर्ण क्षेत्र भएको उनको भनाई थियो । उनले विभिन्न क्षेत्रहरूमा महिलाको उपस्थिति सुरक्षित एवं प्रोत्साहित गर्न नेपाल सरकारले संविधान लगायत विभिन्न ऐन कानूनहरूमा व्यवस्था गरेको बताए ।   

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम ढुंगाना तिम्सिना, International Finance Corporation का कार्यक्रम निर्देशक लोपा रहमान, UN Global Compact Nepal का President प्रदीप मान बैद्य र मेगा बैंक नेपाल लिका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले पनि महिला सहभागिता अभिवृद्धि र समावेशिताको लागी भएका प्रयासका बारेमा मन्तव्य राखेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved