हकप्रद निष्काशन प्रस्ताव सहित अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 08:15:56 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स Ajod Insurance Company ले हकप्रद निष्काशन प्रस्तवा सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख ७ गते मंगलबार त्रिपुरेश्वर स्थित वल्ड ट्रेड टावरमा सभा आह्वान गरेको हो ।

सभामा कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने , थप संशोधन को लागि नियामकबाट निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, अधिकृत पुँजी वृद्धि गर्ने, हकप्रदको हदसम्म जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने , संचालक समिति र अन्य समिति तथा उपसमितिहरुको बैठक भत्ता तोक्ने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र  सर्बसाधारण समुहक  २ जना संचालकको निर्वाचन गर्ने सामान्य प्रस्ताव पेश हुने छ  । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २४ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले  चैत्र २३ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved