औपचारिक रुपमा बजार प्रवेश गर्यो स्टक डिलर, २ दिनमा कुन कुन शेयर गर्यो किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 03:39:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले औपचारिक रुपमा शेयरबजारमा कारोबार सुरु गरेको छ। कम्पनीले हिजो सोमबारबाट औपचारिक कारोबार सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले जानकारी दिए  । कम्पनीले ५०१ को ब्रोकर आइडी पाएको छ । 

कम्पनीले पहिलो दिन हिजो सोमबार ३ हजार कित्ता शेयर किनबेच गरेकोमा आज मंगलबार ९ हजार कित्ता बढी शेयर किनबेच गरेको छ । कम्पनीले सोमबार मुक्तिनाथ विकास बैंकको २ हजार कित्ता शेयर किनेको थियो भने कामना सेवा विकास बैंकको १ हजार कित्ता शेयर बेचेको थियो  । 

आज मंगलबार कम्पनीले छिमेक लघुवित्तको ४ हजार कित्ता र नबिल बैंकको ५ हजार कितात शेयर बिक्रि गरेको छ भने आरएसडीसी लघुवित्तको ४७१ कित्ता शेयर खरिद गरेको छ  । कम्पनीले एक पटकमा १ हजार कित्ता भन्दा कम शेयरको लागि अर्डर हाल्न नमिल्ने भएपनि म्याचिङ हुँदा सबै शेयरको लागि म्याचिङ नहुँदा १ हजार भन्दा कम कित्ताको पनि कारोबार देखिएको हो । 

२ दिनको अवधिमा कम्पनीले १० हजार कित्ता शेयर बेचेको छ । कम्पनीले औपचारिक कारोबार सुरु गर्नु भन्दा अगाडी नै अन्य ब्रोकर मार्फत शेयर खरिद गरेको थियो ।  सोहि शेयर अहिले बिक्रि भएको हो ।   

स्टक डिलर कम्पनीले निश्चित कम्पनीको मात्र शेयर कारोबार गर्न पाउने छ । नेप्सेले नै स्टक डिलरको लागि कारोबार गर्न योग्य कम्पनी तोकेको छ। नेप्सेले कम्पनी छनौटको लागि ४ वटा मापदण्ड तोकेको छ । ३ वर्ष देखि नाफामा रहेकाकम्तिमा १० हजार लगानीकर्ता रहेकाचुक्ता पुँजी २० करोड भन्दा बढी भएका र १ वर्षको कारोबार दिनमा कतिममा ८० दिन कारोबार भएका कम्पनी मात्र छनौटमा पर्ने छ ।

नेप्सेले छनौट गरेका कम्पनी मध्येबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनी छनौट गर्ने छ । डिलरले पेश गरेको सुचीमा हेरफेर गर्न आवश्यक देखेमा नेप्सेले हेरफेर गरेर अनुमति दिने छ । कम्पनीको सुचि हेरफेर गर्न चाहेमा स्टक डिलरले लिखित जानकारी गराई स्वीकृत गराउनु पर्ने छ । सुचीमा नपरेका कम्पनीको कारोबार स्टक डिलरले आफ्नो प्रणालीबाट गर्न पाउने छैन । यद्यपि उसले अन्य ब्रोकर मार्फत भने त्यस्ता कम्पनीको कारोबार गर्न सक्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेमा ५० लाख धरौटी राख्नु पर्ने छ । धरौटी रकमको २५ गुणासम्म स्टक डिलरले कारोबार गर्न पाउने छ । 

नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते स्टक डिलरलाई अनुमति प्रदान गरेको थियो । बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली२०६४ मा संशोधन गरेको थियो ।

साथैनेपाल सरकारको बजेट बक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो । उक्त पृष्ठभूमिमा नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लि.लाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली२०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमतिपत्र प्रदान गरेको थियो ।

 स्तर डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ  । जसमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशतनेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ   कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved