एनआईसी एसिया लघुवित्तको शेयर कारोबार बुधबारबाट सुरु हुने, कति तोकियो रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 04:58:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरको लागि बन्द रहेको एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha  को शेयर कारोबार बुधबारबाट सुचारु हुने भएको छ  । एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त Swadeshi Laghubitta Bittiya Sanstha मर्ज भएपछि बुधबारबाट एनआईसी एसिया लघुवित्तको नामबाट साविक कै NICLBSL सिम्बल मार्फत शेयर कारोबार सुचारु हुने भएको हो 

आज कम्पनीको मर्जरपछि हुन आएको थप शेयर सुचिकृत भएको छ । आज कम्पनीको २५ लाख ९४ हजार कित्ता शेयर सुचिकृत भएको हो । यस संगै कम्पनीको कुल सुचिकृत शेयर संख्या १ करोड ७३ लाख ९४ हजार ४ सय कित्ता पुगेको छ । कम्पनीको यस अघि नै १ करोड ४८ लाख कित्ता शेयर सुचिकृत भएको थियो । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले ७६५.१२ को सुरुवाती रेन्ज तोकेको छ । पहिलो दिन यो मूल्यलाई सुरुवाती मूल्य मानेर शेयर कारोबार हुनेछ अर्थात् पहिलो दिन यो मूल्यबाट कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म घटबढ हुन सक्ने छ  

यी दुई संस्था १००:९४ को स्वापमा अर्थात स्वदेशीको १०० कित्ता शेयर हुनेले एनआईसी एसिया लघुवित्तको ९४ कित्ता शेयर पाउने गरि मर्ज भएका थिए   मर्जरको लागि कारोबार रोक्का हुनु अगाडी एनआईसी  एसिया लघुवित्तको अन्तिम शेयर मूल्य ७५९ थियो भने स्वदेशीको शेयर मूल्य ८०० थियो   

मर्जरपछि २ संस्थाले चैत्र ८ गतेबाट  एनआईसी एसिया लघुवित्तको नामबाट एकिकृत वित्तीय कारोबार सुरु गरेका थिए। यी दुई संस्थाबीच गत श्रावण ३२ गते  गाभ्ने ÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो भने कार्मितिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए । पुस १० गते गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम सम्झौता भई सो अन्तीम सम्झौता अनुसार गाभ्ने÷गाभिने (मर्जर) गर्नेका लागि दुबै संस्थाको माघ ४ गतेको छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएको थियो। 

मर्जर अघि एनआईसी एशिया लघुवित्तको १५० शाखा थिए भने स्वदेशी लघुवित्तको ८५ शाखा थिए । मर्जर पश्चात कुल शाखा संख्या २२३ कायम भएको छ। कम्पनीका अनुसार मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी १५ अर्ब भन्दा माथि पुग्नेछ । मर्जर पश्चात एनआईसी एसिया लघुवित्त   देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्तको रुपमा स्थापित हुने कम्पनीले जनाएको छ ।

कम्पनीले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved