
आज मंगलबार बेलुकादेखि मेरोशेयरको सेवा अवरुद्द हुने भएको छ । मेरोशेयरमा चाप बढेपछि आएका प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गर्नु पर्ने भएकोले सेवा अबरुद्द हेन सिडीएसले जनाएको हो ।
सिडीएसका अनुसार आज चैत्र १७ गते बेलुका ८ बजेदेखि केहि समयको लागि मेरोशेयरको सेवा अवरुद्द हुने छ । सेवा अवरुद्द हुने भएपछि आज मंगलबार शेयर कारोबार भई १८ गते राफसाफ भईसक्नु पर्ने कारोबारको हकमा शेयर ट्रान्सफर (ईडिआईएस) गर्ने समय बढाईएको छ । जस अनुसार आज बेचिएको शेयरको ईडिआईएस चैत्र १८ गते बिहान १० बजेसम्म गर्न सकिने छ ।
सिडीएसले चैत्र ५गते मेरोशेयरको सर्भर अपग्रेड गर्नको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । सर्भर तत्काल आवश्यक पर्ने भएकोले सम्झौता भएको ७ दिनभित्र सर्भर दिन सक्ने कम्पनीले मात्र आवेदन दिन सिडीएसले आग्रह गरेको थियो। सर्भर अपग्रेडको लागि सीएएस ट्रेडिङ, साइपर टेक्नोलोजी, दृष्टि टेक, म्याक्स इन्टरनेशनल, सश्त्र नेटवर्क सोलुसनले प्रस्ताव पेश गरेका थिए।