ज्योति लाईफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 08:04:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एन आई सी एशिया क्यापिटल  नियुक्त भएको छ । यस संगै ज्योति लाइफको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य एन आई सी एशिया क्यापिटले गर्ने छ । 

दुई संस्थाबीच आज मंगलबार यस सम्बन्धी सम्झौता भएको हो। 

ज्योति लाइफले हालै मात्र १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ । कम्पनीको शेयर नेप्सेमा सुचिकृत हुने क्रममा रहेको छ  । शेयर सुचिकृत भएपछि लगानीकर्ताले कारोबार गर्न सकने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved