नेप्सेको टिएमएसमा समस्या, हालेको अर्डर नै गायब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 12:19:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर कारोबारको लागि प्रयोग भईरहेको टिएमएसमा समस्या देखिएको छ। कारोबार सुरु भएको करिब १ घण्टापछि टिएमएसमा समस्या देखिएको हो 

आज टिएमएसमा हालेको अर्डर नदेखिने समस्या देखिएको हो । आफुले हालेको अर्डर नदेखाएपछि लगानीकर्ताले पटक पटक अर्डर हालेका छन् । तर कतिपय ब्रोकरहरुले लगानीकर्तालाई अर्डर प्लेस गर्दा समस्या देखिएकोले दोहोर्याएर अर्डर नहाल्न आग्रह गरेका छन् ।  

अर्डर नदेखिने समस्या आएपनि कारोबार भने सुचारु नै छ । यसबारेमा  नेप्सेले भने केहि जानकारी दिएको छैन । 

टिएमएसमा पटक पटक समस्या आउने गरेको छ । विशेषगरि बजार बढेको बेलामा समस्या देखिने भएकोले लगानीकर्ताले बजार घटाउनको लागि टिएमएस बिगारेर नियोजित रुपमा चलखेल भएको आरोप लगाउने गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved