टिएमएसमा देखिएको समस्या समाधान, कारोबार समय थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 01:39:44 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर कारोबारको लागि प्रयोग भईरहेको टिएमएसमा समस्या समाधान भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले समस्या समाधान भएर कारोबार सुरु भएको जनाएको हो । 

समस्या देखिएको झन्डै डेढ घण्टापछि समस्या समाधान भएको हो । ब्रोकर डिएनए बन्द भएर समस्या देखिएको नेप्सेले जनाएको छ । 

समस्या आएको कारण कारोबार रोकिएपछि नेप्सेले कारोबार समय थप गरेको छ  । नेप्सेले कारोबार समय १ घण्टा थप गर्दै आज ४ बजेसम्म कारोबार हुने उल्लेख गरेको छ । 

सुरुमा टिएमएसमा हालेको अर्डर नदेखिने समस्या देखिएकोमा पछि टिएमएस नै खुल्न छोडेको थियो । समस्या आउनु अगाडी हालिएका अर्डरहरु अहिले देखिएका छन् । 

टिएमएसमा पटक पटक समस्या आउने गरेको छ । विशेषगरि बजार बढेको बेलामा समस्या देखिने भएकोले लगानीकर्ताले बजार घटाउनको लागि टिएमएस बिगारेर नियोजित रुपमा चलखेल भएको आरोप लगाउने गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved