
नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचना नै नदिई एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha को शेयर कारोबार रोकेको छ । बुधबार टिएमएसमा आएको समस्या समाधान भई फेरी कारोबार खोल्दा नेप्सेले एनआईसी एसिया लघुवित्तको कारोबार खुलाएको छैन ।
टिएमएसमा कम्पनीको सिम्बल हाल्दा कम्पनीको नाम नै देखाउदैन । कम्पनी नै नदेखाएपछि लगानीकर्ताले खरिद वा बिक्रि अर्डर हाल्न पाएका छैनन् । यो समाचार तयार पार्दासम्म लघुवित्तको कारोबार के कारणले रोकिएको हो भन्ने बारे केहि जानकारी दिएको छैन । अर्थात् नेप्सेले बिना कारण र बिना जानकारी लगानीकर्ताको सम्पति बन्धक बनाएको छ ।
कम्पनीको कारोबार मर्जरपछि आज बाट मात्र सुचारु भएको हो । लामो समयपछि कारोबार खुल्दासमेत लगानीकर्ताले शेयर किनबेच गर्न पाएका छैनन् । यो समाचार तयार पार्दासम्म कम्पनीको २४ वटा मात्र कारोबार भएको । टिएमएसमा समस्या आउनु अगाडी कम्पनीको २३९ कित्ता शेयर कारोबार भएको थियो । त्यसपछि भने नेप्सेले जानकारी नै नदिई कम्पनीको कारोबार रोकेको छ ।
एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज भएपछि बुधबारबाट एनआईसी एसिया लघुवित्तको नामबाट साविक कै NICLBSL सिम्बल मार्फत शेयर कारोबार सुचारु भएको थियो ।