एफपिओ निष्काशन गर्न किसान लघुवित्तले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 04:08:59 PM मा प्रकाशित

laxmi  sunrise bank

किसान लघुवित्त (साविकको एनआरएन लघुवित्त) ले थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।

सम्झौतापत्रमा किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् कम्पनीले १२ लाख ९८ हजार २ सय ५९ कित्ता एफपिओ सर्वसाधारणहरुमा निष्काशन गर्नलागेको हो ।

किसान लघुवित्तको अधिकृत पूँजी १ अर्व, जारी पूँजी ५२ करोड २६ लाख र चुक्तापूँजी ३९ करोड २८ लाख रहेको छ । सर्वसाधारणहरुलाई एफपिओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ५२ करोड २६ लाख हुनेछ ।

किसान लघुवित्त (साविकको एनआरएन) कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल माघ ७ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ साल फाल्गुण १६ गते देखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । धनगढी २, बैहाबेहडी कैलाली केन्द्रीय कार्यालय र बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाण्डौमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स, रामारोशन, क्रिएटिभ र दिव्य लघुवित्त मर्ज गरि आफ्नो कार्यक्षेत्र ४६ जिल्लामा विस्तार गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved