एफपीओ निष्काशनको प्रस्ताव पारित गर्दै सकियो मिर्मिरे लघुवित्तको साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 04:53:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले एफपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ । संस्थाको १० औँ साधारणसभाले यसअघि स्वेडा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ती पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलानको क्रममा फरक पर्न आएको रकमलाई प्रिमियममा एफपीओ शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाका अध्यक्ष टेक बहादर बोहराको अध्यक्षतामा भएको साधारणसभाले कर प्रयोजनको लागि नगद लाभांश १९ लाख १३ हजार १३१ रुपैयाँ र चुक्ता पुँजीको ९.२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पनि पारित गरेको छ । 

साधारणसभाले साविक नागवेली लघुवित्तको १ अर्ब २९ करोड ६७ लाख ४९ हजार २७९ रुपैयाँको वासलात सहितको वित्तीय विवरण र मिर्मिरे लघुवित्तको २ अर्ब ९२ करोड ४२ लाख २ हजार ८९६ रुपैयाँको वासलात सहितको वित्तीय विवरण पास गरेको छ । मिर्मिरेले साविक नागवेली लघुवित्तलाई २०७७ भाद्र ७ गते प्राप्ति गरि एकिकृत कारोवार गरेको हो ।

संस्थाले जग्गा खरिद गरेको निर्णयको अनुमोदन तथा उक्त जग्गामा संस्थाको केन्द्रीय कार्यालयको लागि भवन निर्माण गर्न संचालक समितिलाई अख्तियारी तथा “घ” वर्गका अन्य वित्तीय संस्थाहरुसंग एक आपसमा गाभ्न गाभिन वा प्राप्तीको लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने र नियामक निकायमा आवश्यक प्रक्रियाको लागि संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved