बिहिबार २ लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 08:30:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चैत्र १९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज सुर्योदय लघुवित्त र सारथि नेपाल लघुवित्तको  मूल्य समायोजन भएको हो । 

सुर्योदय लघुवित्तको १५.३५ प्रतिशत बोनसमा  मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १९६० कायम भएको छ ।  समायोजनअघि कम्पनीको शेयर मूल्य २२६१ रहेको थियो । 

त्यस्तै सारथी नेपालको  ८.१३ प्रतिशत बोनसमा  मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १५९६ कायम भएको छ ।  समायोजनअघि कम्पनीको शेयर मूल्य १५२६ रहेको थियो । 

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  चैत्र १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा  भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  

सुर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha  ले चैत्र ३१ गते मंगलबार स्यांग्जाको पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा सभा आह्वान गरेको छ । सभामा कम्पनीले संस्थापक र सर्बसाधारण शेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । हाल कम्पनीमा सर्बसाधारण शेयरधनीको स्वामित्व २१.७५ प्रतिशत मात्र छ । 

त्यस्तै सभामा प्रबन्धपत्र र नियमावलिई संशोधन गर्ने, नियामक निकायबाट थप फेरबदलको लागि निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, अन्य संस्थासँग मर्ज हुने वा गाभिने निर्णय गर्ने र त्यस समबन्धि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, संचालकहरुको भत्ता वृद्धि गर्ने, जारी र चुक्ता पुँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पुँजीको १५.३४५७७ प्रतिशतले हुन आउने ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८०७६७  प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पेश हुने छ  । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ। 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्बसाधारण समुहक  २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

त्यस्तै सारथी नेपाल लघुवित्तले बैशाख ३ गते धुलिखेलको होटेल अरनिकोमा सभा आह्वान गरेको छ । सभामा कम्पनीले  एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । सर्बसाधारणको लागि छुट्याईएको साधारण शेयर एफपिओ मार्फत बिक्रि गर्ने कम्पनीले प्रस्ताव गरेको हो । 

त्यस्तै कम्पनीले लाभांश प्रस्ताव पनि सभामा पेश गर्ने छ  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.१३ प्रतिशतले १ करोड ९१ लाख ५२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार बराबरको नगद लाभांश गरि कुल ८.५५८२३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।   साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

बोनस र एफपिओपछि कम्पनीको चुक्ता बढ्ने भएकोले सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । 

सभामा प्रबन्धपत्र र नियमावलिई संशोधन गर्ने, नियामक निकायबाट थप फेरबदलको लागि निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, अन्य संस्थासँग मर्ज हुने वा गाभिने निर्णय गर्ने र त्यस समबन्धि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, राष्ट्र बैंकले नाम परिवर्तन गर्न निर्देशन दिएकोले नाम फेर्ने लगायतका प्रस्ताव पनि पेश हुने छन् ।  

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्बसाधारण समुहका २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved