हकप्रदमा झुक्याएको किसान लघुवित्तलाई भएन कारवाही, कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 10:44:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले बिना कुनै कारवाही किसान लघुवित्तको कारोबार फुकुवा गरेको छ ।  कम्पनीले हकप्रदको सूचना सच्याएको र समयमा नै सूचना नदिएको विषयमा नेप्सेले स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको थियो ।

कम्पनीले स्पष्टिकरण पेश गरेपछि नेप्सेले आज बिहिबारबाट कम्पनीको कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले त्यस्ता गल्ति नदोहोर्याउन र आन्तरिक ब्यबस्थापन चुस्त दुरुस्त राख्न निर्देशन दिदै कारोबार फुकुवा गरिदिएको हो । 

भएको के थियो ?

लघुवित्तले एक दिन पनि नबित्दै साधारणसभाको सूचना संशोधन गरेर हकप्रद निष्काशन गर्ने प्रस्ताव हटाएको थियो । कम्पनीले  चैत ८ गते आइतबार सूचना प्रकाशित गर्दै १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव साधारणसभामा लैजाने उल्लेख गरेको थियो । तर सोमबार कम्पनीले संशोधित सूचना प्रकाशित गर्दै हकप्रद प्रस्ताव हटाएको थियो ।

कम्पनीले हकप्रद निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेपछि आइतबार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत अर्थात् १५७ रुपैयाँले बढेर प्रति कित्ता १७३१ रुपैयाँ पुगेको थियो । कम्पनीले हकप्रद प्रस्ताव हटाएसंगै हकप्रदको आशमा महँगो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता मारमा परेका थिए। त्यस संगै नेप्सेले स्पष्टिकरण सोधेको थियो 

के दिएको थियो जवाफ ?

स्पष्टिकरणमा कम्पनीले पुँजी बढाउँन हकप्रद प्रस्ताव गरेको तर यस विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर अगाडी बढ्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको थियो । तर साधारणसभा हुनु भन्दा २१ दिन अगाडी साधारणसभा आह्वान गर्नु पर्ने ब्यबस्था भएको तथा सो दिन विदा परेको परामर्श गर्न नसकिएकोले हकप्र  प्रस्ताव सहितको सूचना प्रकाशन गरेको कम्पनीले उल्लेख गरेको थियो । 

दोस्रो दिन राष्ट्र बैंकसँग परामर्श गर्दा हकप्रद प्रस्ताव हटाउन सुझाव आएकोले हकप्रद प्रस्ताव हटाएर सूचना प्रकाशित भएको तथा दोस्रो पटक प्रकाशित सूचना आधिकारिक हुने कम्पनीले उल्लेख गरेको थियो । 

त्यस्तै कम्पनीले लग ईन आइडीको समस्याको कारण समयमा नै नेप्सेलाई जानकारी गराउन नसकिएको जनाएको थियो । निर्णय भएको दिनमा  विदा भएको, त्यसको भोलिपल्ट निर्णय अपलोड गर्न खोज्दा आफुसँग कम्पनीको पुरानो नामको मात्र लग ईन आइडी मात्र भएको, र त्यसले काम नगरेको कम्पनीले उल्लेख गरेको थियो । त्यस्तै नेप्सेसँग नयाँ नामको लगईन आइडी लिनजाँदा ढिला भएको र नयाँ आईडी पाउना साथ सूचना अपलोड गरेको कम्पनीले दाबी गरेको थियो । 

कम्पनीले हकप्रद प्रस्ताव सहितको सूचना प्रकाशन गर्दा शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि मनशाय नभएको र सबै कुरा मानवीय त्रुटीको कारण भएको जिकिर गरेको थियो । कम्पनीले यसबाट सबैमा पर्न गएको असर प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता कमीकमजोरी नदोहोर्याउने प्रतिबद्दता समेत व्यक्त गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved