कालिका लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 08:17:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १२९१ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १४२० थियो 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २२ देखि वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १९ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


कम्पनीले बैशाख ७ गते दशौ तथा ११ औ साधारणसभा पोखराकोको होटेल टास्क इन्टरनेशनलमा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ । कम्पनी हालै मात्र मर्ज भएको र मर्जमा जाने कम्पनीलाई कर छुट भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छैन 

त्यस्तै सभामा आर्थिक वर्ष ७५/७६ र ७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, ति आर्थिक वर्षका लेखापरिक्षण विवरण तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने,  र संस्थापक समुहका ४ जना तथा सर्बसाधारण समुहक  २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

त्यस्तै सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संस्थाको संस्थापक र सर्बसाधारण शेयरधनीको अनुपात ५४.५२:४५.४८ कायम गर्ने, अन्य संस्थासँग मर्ज हुने वा गाभिने निर्णय गर्ने र त्यस समबन्धि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा थप संसोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved