हकप्रद निष्काशन प्रस्ताव सहित आईएमई जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 09:33:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हकप्रद निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो 

कम्पनीले बैशाख १२ गते नक्साल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा कम्पनीले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको हो । त्यस्तै सभामा कम्पनीको संस्थापक र सर्बसाधारणको स्वामित्व अनुपात ६०:४० बाट संशोधन गरेर ५१:४९ कायम गर्ने विशेष प्रस्तव पनि पेश हुने छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र नियामक निकायबाट थप निर्देशन प्राप्त भएमा सोहि अनुसार गर्ने अख्तियार संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुने छ  । 

सभामा लाभांश प्रस्ताव पनि पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ५० हजार बराबरको बोनस शेयर र ०.३७ प्रतिशतले हुन आउने ३९ लाख ८६ हजार ८ सय ४२ दशमलव ११ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश  लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ 

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन र अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले  बैशाख १ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved