
प्रभु क्यापिटल Prabhu Capital ले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विषयमा १ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
तालिम कार्यक्रम चैत्र २० गते शुक्रबार सम्पन्न भएको हो । नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले तालिम प्रदान गरेका थिए ।
तालिम कार्यक्रममा ३० जना कर्मचारीहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ।