ऋणपत्र निष्काशनको लागि मुक्तिनाथ विकास बैंकले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 01:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । 

सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन् ।

बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४÷८५’ निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात रू. ७५ करोड) व्यक्तिगत तवर प्राइभेट प्लेसमेन्ट मार्फत् र ४० प्रतिशत ( ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचिकरण गरिने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved