
आईफोन प्रयोगकर्ताले तत्काल मेरोशेयरको एप चलाउन नपाउने भएका छन्। ७ महिना अगाडी एन्ड्रोइड भर्जनमा एप सार्वजनिक गरेको सिडीएससीले तत्काल आईओएस प्लेटफर्ममा एप ल्याउने योजना नरहेको जनाएको हो ।
सिडीएसले हाल मेरोशेयरमा देखिएका समस्या समाधान गरेर मात्र आईओएस प्लेटफर्ममा एप ल्याउने भएको हो। सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले मेरोशेयरमा आएका सबै समस्या समाधान भएपछि मात्र आईफोन प्रयोगकर्ताको लागि एप सार्वजनिक गरिने जनाएका हुन् ।
उनका अनुसार हालै मात्र मेरोशेयरको लागि सर्भर अपग्रेड गरिएको छ । सर्भर अपग्रेड गरेपछि पनि केहि समस्या देखिएकोले पहिले ति समस्या समाधान गरिने उनको भनाई छ । सहज रुपमा वेब भर्जनको मेरो शेयर चलेपछि मात्र आईफोन प्रयोगकर्ताको लागि एप आउने उनले बताए ।
एन्ड्रोइड भर्जनको एप भने ५ लाख बढीले डाउनलोड गरेका छन्। यद्यपि लगानीकर्ताले एप प्रयोग गर्न सहज नरहेको र एपमा धेरै सुधार आवश्यक रहेको बताउदै आएका छन्।
सुरुमा बेटा भर्जनमा एप सार्वजनिक गरिएकोमा एपमा मङ्सिर २९ गतेबाट सीआश्वा फिचर्स समावेश भएको थियो।