३ कम्पनीको १२ लाख ७४ हजार कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 03:15:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार १२ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज २ वटा हाइड्रोपावर र १ फाइनान्स कम्पनीको गरि कुल १२ लाख ७४ हजार १ सय २८ दशमलव ५९५ कित्ता शेयर सुचिकृत भएको हो

आज बरुण हाइड्रोको ५ प्रतिशतले हुन आउने १ लाख २७ हजार ५ सय ७५ कित्ता बोनस शेयर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ७.३७ प्रतिशतले हुन आउने ६ लाख १० हजार ९ सय ९८ दशमलव ७९५० कित्ता बोनस शेयर र ङादी हाइड्रोको १० प्रतिशतले हुन आउने ५ लाख ३५ हजार ५ सय ५४ दशमलव ८० कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved