शांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 06:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  को लाभांश पारित भएको छ । बैंकको आज सम्पन्न साधारणसभाले लाभांश सहित सभामा पेश भएका सबै प्रस्ताव पारित गरेको हो ।

 साधारणसभाले बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले हुन आउने  ६८ लाख ५९ हजार ५ सय ८० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

त्यस्तै सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा  थप निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, र मर्जर तथा एक्विजिसनबारे आवश्यक निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved