एनआईबिएल सहभागिता फण्डको लाभांश पुन: लगानी गर्ने अवसर, यस्तो छ प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 11:13:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ”एनआईबिएल सहभागिता फण्ड“ नामक खुलामुखी योजनाले लाभांश पुनः लगानी योजना  ल्याएको छ ।

क्यापिटलले इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन समेत आग्रह गरेको छ । इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्क कट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाएको जनाएको हो । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने (बुक क्लोज) मितिका दिन सम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने क्यापिटलले जनाएको छ ।

एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले लाभांश पुन: लगानी योजनाको लागि आफ्नो नाम दर्ता गराउन सक्ने छन् ।

त्यस्तै योग्य इकाईधनीहरुले अनलाईन लिंकमा गई लाभांश पुनः लगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्ने ब्यबस्था क्यापिटलले गरेको छ। आफ्नो हितग्राहि खातामा रहेको ईमेल ठेगाना मार्फत  विषयमा लाभांश पुन – लगानी योजना उल्लेख गरि इकाईधनीको पूरा नाम, इकाईधनीको हितग्राही खाता नम्बर, इकाईधनीको सम्पर्क नम्बर समावेश गरि इमेल पठाएर पनि  जानकारी दिन सकिने क्यापिटलले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved