बीमा समितिले भन्यो, 'बीमा कम्पनीको पुँजीवृद्धि रोक्नेबारे कुनै निर्णय भएको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 12:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कम्पनीहरुको पुँजी वृद्धि रोक्नेबारे कुनै निर्णय नभएको जनाएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अहिले कुनै पनि निर्णय भईनसकेको बताउदै कम्पनीहरुले पुँजी वृद्धिको लागि प्रस्ताव गरेपछि मात्र उसलाई अनुमति दिने वा नदिने भन्ने निर्णय हुने बताए 

समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद निष्काशनको लागि रोक लगाउने चर्चा चलेकै बेला अध्यक्ष सिलवालले यस बारे कुनै निर्णय नभएको बताए। उनले आजको मितिसम्म अजोड इन्स्योरेन्सले समितिमा हकप्रद निष्काशनको प्रस्ताव नगरेको बताए । औपचारिक रूपमा समितिमा प्रस्ताव लिएर आएपछि समितिले प्रस्तावको अध्ययन गर्ने र सबै पक्षबाट उपयुक्त देखिए अनुमति पाउने, उपयुक्त नदेखिए अनुमति नपाउने उनको भनाई छ।

यद्यपि उनले पुँजी वृद्धि सम्बन्धमा निर्णय गर्दा समितिको अनुमति लिनु पर्ने बताए। उनले समितिको कार्यक्षेत्रअन्तर्गतका कम्पनीलाई सेयर निष्कासन अनुमति प्रदान गर्नुअघि समितिबाट अनुमति लिए  नलिएको यकिन गर्नको लागि नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरिएको बताए ।

उता अजोड इन्स्योरेन्सले हकप्रद प्रस्ताव रद्द गर्ने विषयमा समितिबाट केहि पनि निर्देशन नआएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले अहिलेसम्म केहि पनि निर्देशन नआएको बिजपाटीलाई बताएका हुन् ।

उनले भने 'हामीलाई केहि निर्देशन आएको छैन, हकप्रद प्रस्ताव साधारणसभामा लैजान्छौ'। यद्यपि समितिले यस विषयमा केहि निर्देशन दिए सोहि बमोजिम गरिने उनले बताए । हालसम्म भने केहि निर्देशन नआएको उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved