ज्योति लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 07:14:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company को शेयर सुचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै बुधबारबाट कम्पनीको शेयर कारोबार हुने छ।  कम्पनीको JLI सिम्बलबाट कारोबार सुरु हुनेछ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२०.२९ देखि ३६०.८७ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।  यो रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको कारोबार खुला हुनसक्ने छ ।  नेप्सेले सुरुवात कारोबारको लागि नेट वर्थको ३ गुणासम्म को रेन्ज तोक्ने गरेको छ ।  

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । आईपिओमा कुल  १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र  योग्य आवेदक कायम भएका थिए।  योग्य कायम भएका  १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको थियो। जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका थिए भने आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदक हात खाली भएका थिए।  

 कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । 

 आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुगेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved