आर्थिक पत्रकारलाई धितोपत्र बोर्डका अध्यक्षले सुनाए घना जङ्गलको बीचमा रहेको घरको कथा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2021 | 10:26:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आर्थिक पत्रकारहरुलाई घना जंगलको बीचमा रहेको एउटा घरको कथा सुनाएका छन् । मंगलबार मर्चेन्ट बैंकर्स एशोसियसन अफ नेपालले आयोजना गरेको पुँजीबजारमा आर्थिक पत्रकारको क्षमता अभिबृद्धि कार्यक्रममा ढुंगानाले आर्थिक पत्रकारलाई उक्त कथा सुनाएका हुन् ।

यस्तो थियो उनको कथाको सारांश:

एउटा घना जंगलमा एउटा व्यक्तिले ठूलो घर बनाईदियो । त्यसपछि उसले त्यस घरमा एकजना पाले राख्यो । त्यस घरमा आउने हरेक व्यक्तिलाई यो घर किन बनाईएको होला भन्ने प्रश्न सोध्ने काम पालेको थियो ।  सोहि अनुसार पालेले घरमा आउने सबैलाई यो घर किन बनाईएको होला भन्ने जिज्ञासा राख्थ्यो । घरमा पहिले डाकुहरुको समुह आयो । पालेले डाकुहरुलाई प्रश्न गर्यो । डाकुले जवाफ दिए 'यो घर डाकुहरु बस्नको लागि बनाईएको हो, नत्र यस्तो घना जंगलमा घर किन चाहिन्थ्यो र?' । त्यसपछि घरमा जोगी आए । पालेको प्रश्नमा जोगीले जवाफ दिए 'यो घर जोगी साधु सन्तहरुको लागि बस्नको लागि कोहि धर्मात्माले बनाईदिएको हो'। सोहि घरमा कलाकार आए । कलाकारले भने 'यो एकाग्र भई नाच गान सिक्नको लागि यो घर बनेको हो' । घरमा आएका योगीले जवाफ दिए 'यो घर योग आसनाको अभ्यास गर्न बनाईएको हो' । 

अध्यक्ष ढुंगानाले दिन खोजेको संदेश : 

एकै विषयमा हरेक व्यक्तिको फरक फरक धारणा हुन सक्छ । जंगलको बीचमा भएको घर बारे डाकु, जोगी, योगी, कलाकारको फरक फरक धारणा भएजस्तै पुँजीबजारमा पनि एकै विषयमा हरेकको फरक फरक धारणा हुन सक्ने उनको भनाई थियो । उनले समाचार सम्प्रेषण गर्ने क्रममा व्यक्तिको धारणा र यथार्थलाई खुट्याउन आग्रह गरे । उनले भने 'पुँजीबजार सूचनाको बजार हो, बजारको समाचारको सम्प्रेषण गर्ने पत्रकारहरु बढी संवेदनशील हुनु पर्छ, पत्रकारको काँधमा ठूलो जिम्मेवारी हुन्छ, समाचारको सत्यता जाँच गरेर मात्र समाचार हुनु पर्छ' । 

एउटा समाचारले नै आम सर्बसाधारणको सम्पति घट्ने बढ्ने हुने भएकोले विषयवस्तुको गाम्भीर्यता बुझेर, सत्य तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे । त्यसो भएमा मात्र आर्थिक पत्रकारको विश्वसनीयता बढ्ने र यसले समग्र बजारको विश्वसनीयता कायम हुने उनको भनाई थियो ।

केहि दिन अगाडीको घटनालाई स्मरण गर्दै उनले भने 'नियामकको विश्वास गुमाएकोले नभई लगानीकर्तालाई जानकारी नै नभएकोले ब्रोकरले पैसा नदिएको उजुरी सिडिओ कार्यालयमा पुगेको हो, यदि उसलाई कसैले वडा कार्यालयमा उजुरी गर्नु पर्छ भनेको भए उनी वडा कार्यालयमा उजुरी गर्न जान्थे' । लगानीकर्ता शिक्षाको लागि पनि बोर्डले विभिन्न कार्यक्रम गर्दै आएकोले यसलाई थप प्रभावकारी बनाईने उनले बताए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved