सिंगटी हाइड्रोको आईपिओ शुक्रबार बाँडफाँड हुने, १३ लाख बढी आवेदक हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 09:49:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओ भोली शुक्रबार (चैत्र २७) गते बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक मेगा क्यापिटलले चैत्र २५ गते आईपिओको प्रि अलोटमेन्ट गरेर चैत्र २७ गते आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

बिहान ११ बजे क्यापिटल कै कार्यालयमा  शेयर बाँडफाँड हुने क्यापिटलले जनाएको छ । क्यापिटलले मेरोशेयरमा पटक पटक समस्या आएकोले आईपिओ बाँडफाँडमा ढिलाई भएको जनाएको छ ।  

कम्पनीको आईपिओमा  ९ गुणा बढीको आवेदन परेको छ  कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन बेलुका ५ बजेसम्ममा १६ लाख २३ हजार ४ सय ५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ताको लागि आवेदन परेको थियो   यो माग भन्दा ९.१६ गुणा बढी हो 

कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि  एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो ।  जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।  बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।  

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आइपिओ गोलाप्रथाबाट २ लाख ६९ हजार ७ सय जनाले मात्र पाउने छन्  यस हिसाबमा आवेदन दिएका मध्ये १३ लाख बढी आवेदक हात खाली हुने छन्   यद्यपि यो आवेदन फेरिफाई  हुनु अगाडीको डाटा रहेकोले यो संख्यामा केहि तलमाथि हुन सक्ने छ   

कम्पनीले यस अघि  आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved