फ्लोरसिट हटाउनु पर्ने स्टक डिलरको माग तत्काल पुरा नहुने, यस्तो छ कानुनी ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 12:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलरले राखेको फ्लोर सिटबारेको माग पुरा नहुने भएको छ । कानुन मै यस विषयमा स्पष्ट ब्यबस्था भएकोले कम्पनीको माग तत्काल पुरा नहुने देखिएको हो। 

नेपाल स्टक एक्सचेन्ज नेप्सेले कानुन मै फ्लोर सिट देखाउनु पर्ने ब्यबस्था रहेकोले फ्लोर सिटबाट विवरण हटाउन नमिल्ने जनाएको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले नियमावली मै फ्लोर सिटमा सबै कारोबारको विवरण, मूल्य, खरिद गर्ने ब्रोकर र बिक्रि गर्ने ब्रोकरको विवरण देखाउन पर्ने ब्यबस्था गरिएकोले स्टक डिलरको माग सम्बोधन गर्न नसकिने बताएका हुन् । उनले भने 'कानुन मै सबै डिस्क्लोज गर्नु पर्ने ब्यबस्था छ, धितोपत्र बोर्डले कानुन संशोधन गरेमा मात्र स्टक डिलरको माग पुरा हुन्छ' । 

के थियो माग ?

कम्पनीले आफुले खरिद बिक्रि गरेको शेयरको विवरण गोप्य हुनु पर्ने माग गरेको थियो। आफुले किनबेच गरेको शेयरको विवरण सबैले हेर्दा आफ्नो रणनीति सबैले थाहा पाउने भएकोले सो विवरण गोप्य राखिदिनको लागि कम्पनीले  आग्रह गरेको थियो । हाल सबै ब्रोकरले खरिद बिक्रि गरेको शेयरको विवरण फ्लोर सिटबाट हेर्न सकिन्छ । स्टक डिलर आफै ब्रोकर सरह भएकोले उसले गरेको शेयर किनबेचको विवरण पनि फ्लोरसिटमा सहजै देखिन्छ । अन्य ब्रोकरले धेरै लगानीकर्ताको लागि शेयर खरिद बिक्रि गर्ने तर स्टक डिलरले आफ्नो लागि मात्र शेयर खरिद बिक्री गर्ने भएकोले फ्लोर सिटबाट कम्पनीको रणनीति छर्लंग देखिने कम्पनीको भनाई छ । 

स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ फ्लोर सिट मार्फत आफ्नो रणनीति अरुले थाहा पाउनु गलत भएको बताउछन्। पुरै विवरण हटाउन नसकिने भए कम्तिमा पनि  'ट्रेडिङ आओर' अर्थात् शेयर कारोबार चल्ने अवधिमा शेयर किनबेचको विवरण गोप्य हुनु पर्ने उनको माग। स्टक डिलरले चैत्र १६ गतेबाट औपचारिक रुपमा शेयरबजारमा कारोबार सुरु गरेको छ। कम्पनीले ५०१ र D01 ब्रोकर आइडीबाट कारोबार गर्ने गरेको छ । 

के छ कानुनी ब्यबस्था ?

धितोपत्र बजार संचालन नियमावली, २०६४ यसबारे ब्यबस्था छ । नियमावलीको दफा २७ को उपदफा ४ ले कारोबार विवरणहरु देखाउनु पर्ने ब्यबस्था गरेको छ  । जसमा भनिएको छ 'धितापत्र बजारले प्रत्येक दिन धितोपत्र बजारमा कारोबार भएको संगठित संस्थाको नाम, प्रत्येक धितोपत्रको मूल्य र परिमाण, कारोबारमा संलग्न व्यवसायी, कारोबार क्रम संख्या लगायतका विवरण खुलाई सोही दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सार्वजनिक गर्नु पर्नेछ । ' 

सोहि अनुसार नेप्सेले रियल टाइम मै यी विवरण सार्वजनिक गर्दै आएको छ । नियममा भोलिपल्ट कारोबार सुरु हुनु अगावै पनि यी विवरण सर्वाजनिक गर्न सकिने ब्यबस्था रहेकोले स्टक डिलरले 'रियल टाइममा अर्थात् कारोबार समयमा फ्लोर सिट नदेखाईदिन' गरेको आग्रह भने पुरा हुन सक्ने देखिन्छ' ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved