
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार नेपाल बैंक Nepal Bank Limited को बोनस शेयर र हकप्रद शेयर सुचिकृत भएको छ । आज बैंकको १ करोड ३५ लाख ३९ हजार ३ सय ८४ दशमलव २४ कित्ता बोनस शेयर र ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।
आज नै गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स Guheswori Merchant Banking & Finance को ८ प्रतिशतले हुन आउने ६ लाख ४० हजार कित्ता शेयर सुचिकृत भएको छ ।