सिंगटी हाइड्रोको आईपिओ बाँडफाँड, ५ हजार ७ सय २८ जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 11:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मेगा क्यापिटलले आज शुक्रबार बिहान आईपिओ बाँडफाँड गरेको हो ।

आईपिओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।  जस मध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।   यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ९५ हजार ८ सय ३० जना आवेदक हात खाली भएका छन्  ।  

कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि  एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो ।  जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।  बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।  

कम्पनीले यस अघि  आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved