'सिंगटी हाइड्रोले संचालनमा आएको पहिलो वर्षबाट नै लाभांश दिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 12:52:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जीले संचालनमा आएको पहिलो वर्षबाट नै लाभांश दिने जनाएको छ । कम्पनीको आईपिओ बाँडफाँड कार्यक्रममा कम्पनीका अध्यक्ष बटु लामिछानेले संचालनमा आएको पहिलो वर्ष देखि नै लाभांश दिने बताएका हुन् ।  

उनले आयोजना संचालनमा आएको पहिलो वर्ष ५ देखि १० प्रतिशत, र दोस्रो वर्ष १० देखि १५ प्रतिशत लाभांश वितरण गर्ने क्षमतामा हुने बताएका हुन् ।  उनका अनुसार आयोजनाको निर्माण गत वर्ष नै सम्पन्न भईसकेको हो ।  प्रसारण लाइन तयार नहुँदा १ वर्ष ढिला भएको उनको भनाई छ ।  

प्रसारण लाइनको काम अन्तिम चरणमा  रहेकोले छिटोमा वैशाख १५ भित्रमा र ढिलोमा बैशाख मसान्तसम्ममा आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा  जोडिने उनले बताए  । प्रसारणको लाइनको टावर रहने विभिन्न स्थानमा अवरोध भएको कारण ढिलाई भएको उनको भनाई छ ।  प्राधिकरणले आयोजनाको ड्राई टेस्ट गरिसकेकोले प्रसारण लाइन तयार हुना साथ राष्ट्रिय प्रसारण लाइनमा  बिजुली जोडिने उनले बताए ।  कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको हो । 

यो पनि : 

यी ४ तरिकाबाट हेर्न सकिन्छ सिंगटी हाइड्रोको आईपिओ नतिजा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved