८ महिनाको अवधिमा नेप्सेमा २ खर्ब बराबरको धितोपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 05:49:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ खर्ब बराबरको धितोपत्र सुचिकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ साउन देखि फागुनसम्मको अवधिमा २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ को आठ महिनासम्ममा रु. १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु. ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, रु.२८ अर्ब ७६ करोड बराबरको बोनस शेयर, रु.१० अर्ब ५ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब २८ करोड बराबरको हकप्रद शेयर र रु. १ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु. २ खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, रु. ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र रु. २ अर्ब ४८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ फागुनसम्ममा सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु. ५५१ अर्ब ६८ करोड रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १८.४ प्रतिशत रहेको छ ।

२०७७ फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३७ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

२०७७ फागुन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.३३८७ अर्ब ३४ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु. १७९२ अर्ब ७६ करोड रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved