स्वाबलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता शेयर बिक्रि गर्दै नबिल बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2021 | 08:43:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रि  गर्ने भएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको १ लाख ९० हजार ६ सय ५३ कित्ता शेयर बिक्रि गर्ने भएको हो 

बैंकले यी शेयरको प्रति कित्ता न्यूनतम मूल्य ८०३ कायम गरेको छ । संस्थापक शेयर बिक्रि गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने ब्यबस्था भएकोले यसमा हाल कायम संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् । 

कोहि संस्थापकले शेयर खरिद गर्न चाहेमा आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य तोकेर ३५ दिन भित्र लघुवित्तको धोबिधारा स्थित कार्यालयमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ । संस्थापकले शेयर खरिद गर्न नचाहेमा भने सर्बसाधारण र अन्य कम्पनी, संघ , संस्थालाई शेयर लिलाम हुने छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved