डिम्याटमा नयाँ रेकर्ड, ७७ सालमा खुले ७ वर्षमा खोलिएको भन्दा बढी खाता, यो वर्ष संख्या दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2021 | 06:12:15 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७७ सालमा डिम्याट खाताको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।  यो वर्ष मात्र नेपालमा  १७ लाख ४६ हजार ७ सय १३ वटा डिम्याट खाता खुलेका छन् । जुन कुनै एक वर्षमा खोलिएको सबैभन्दा धेरै खाता हो । 

नेपालमा २०६९ साल साउन १ गतेदेखि डिम्याटको सुरुवात भएको थियो ।  २०६९ देखि २०७६ साल चैत्र मसान्तसम्ममा कुल १६ लाख ५५ हजार ४ सय ९० वटा डिम्याट खाता खुलेका थिए ।  तर ७७ सालमा मात्र १७ लाख ४६ हजार डिम्याट खाता खुलेका हुन् ।  

सिडीएसका अनुसार नेपालमा डिम्याट खाताको संख्या ३४ लाख २ हजार २ सय ३ पुगेको छ ।  जस मध्ये आधा भन्दा बढी ७७ सालमा नै खुलेका हुन् ।  

यस वर्ष नेपालमा हालसम्म कै ठुलो आईपिओ निष्काशन भएको थियो ।  यस वर्ष इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंक निफ्राले सर्वसाधारणलाई ८ अर्बको आईपिओ निष्काशन गरेको थियो ।  बैंकले आईपिओ निष्काशन गर्ने बेला देखि डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको थियो ।  


७६ सालको चैत्र महिनामा नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणलाई १ अर्ब ६० करोड बराबरको आईपिओ निष्काशन गरेको थियो । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य २ हजार कटेपछि आम सर्वसाधारणमा आईपिओ प्रति आकर्षण बढेको थियो ।  सोहि कारण डिम्याट खाता खोल्नेको संख्यामा वृद्धि आएको हो । 

७७ साल समग्र पुंजीबजारको लागि सुखद बनेको छ । यो वर्ष नेप्से सूचक १४६३.३४ अंकले बढेको छ । २०७६ सालको कारोबारको अन्तिम दिन नेप्से सूचक १२५१.४५ रहेकोमा ७७ सालको अन्तिम दिनमा नेप्से सूचक २७१४.७९ को बिन्दुमा पुगेको छ ।

७७ सालको अन्तिम दिन आज मंगलबार नेप्से सूचक २३.२३ अंकले बढेको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसर्थ २०७७ सालमा नेप्से हाल सम्म कै उच्च बिन्दुमा पुगेको छ ।

त्यस्तै बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड कायम भएको छ । २०७६ सालको कारोबारको अन्तिम दिन बजार पुँजीकरण १६ खर्ब रहेकोमा ७७ सालको अन्तिम दिन बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ लाख कायम भएको छ ।

यहि वर्ष सर्बाधिक कारोबार रकम, सर्वाधिक कारोबार कित्ता, सर्वाधिक आईपिओ निष्काशन कम्पनी, आईपिओ निष्काशन रकम, आईपिओमा आवेदन दिने आवेदक, दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता लगायतमा नयाँ रेकर्ड कायम गरेको छ । यसै वर्ष पुँजीबजारमा स्टक डिलरको प्रवेश भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved