कुमारी क्यापिटलको लगानी मेला र अनलाइनबाट नै डिम्याट खाता खोल्ने सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 03:59:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटल Kumari Capital ले नयाँ वर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । क्यापिटलले नयाँ तथा पुराना लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ती ब्यवस्थापन सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएकोे हो ।  साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ । 

लगानी मेलाबाट संस्थाले सर्बसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ । लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञहरु द्धारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन् । 

यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि निशुल्क गरिएको छ । साथै, यस मेलामार्फत कुमारी क्यापिटलको  लगानी  ब्यवस्थापन सेवामा आवद्ध हुने लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ ।  सार्वजनिक बिदाको दिन र शुक्रबार बाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला संचालन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved