दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने सुधार

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 18, 2021 | 03:53:29 PM मा प्रकाशित

sarbottam cement

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आईतबार नेप्से परिसुचक फराकिलो अन्तरले घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ को बिन्दुमा पुगेको छ । 

आज ८ अर्ब ८० करोड १८ लाख ३ हजार २ सय १५ रूपैयाँ बराबरको  कारोबार भएको छ । आज कारोबारमा आएका २०७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।    

बजार फराकिलो रूपमा घटेपनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिव्येश्वरी हाइड्रो र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य भने  ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएका मध्य म्युचुअल फण्ड बाहेक सबैको समुहगत सुचक घटेको छ । 

आज एभरेष्ट बैँकको सर्वाधिक बढि ८७ करोड ६२ लाख, एनआइसी एसिया लघुवित्तको ५५ करोड ३२ लाख , निफ्राको २७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved