चन्द्रागिरी हिल्सको घाटा बढ्यो: इपिएस नेगेटिभ, प्रति शेयर नेट वर्थ ७९ रुपैयाँ मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 08:39:50 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चन्द्रागिरी हिल्सको घाटा १८ करोड १२ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको घाटा २ करोड १८ लाख रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको घाटा १५ करोड ९३ लाखले बढेको हो

कम्पनीको संचालनबाट हुने आम्दानी ४१.२२ करोडबाट घटेर १७.४२ करोड पुगेको छ । कम्पनीको आम्दानी ५७.७४ प्रतिशतले घटेको हो

तेस्रो त्रैमासमा हरेक दिन १४ सय ग्राहकले केबुलकार प्रयोग गरेको, र रिसोर्ट ४० प्रतिशत मात्र भरिएको कम्पनीले जनाएको छ । कोभिडको प्रभावको कारण ग्राहक कम भएको र आम्दानी घटेको कम्पनीले उल्लेख गरेको छ

१ अर्ब ५३ करोड चुक्ता पुँजी भएको यस कम्पनीको रिजर्भ ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भ ऋणात्मक ३२ करोड ८ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक ११.८१ (माइनस ११.८१) रहेको छ भने प्रति शेयर नेटवर्थ ७९.०९ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved