१३६४ प्रतिशतले बढ्यो कालिका लघुवित्तको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 08:50:35 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो वर्षमा कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha  को खुद नाफा १४ गुणाले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४१ लाख ५ हजार रहेकोमा चालु आर्थिक वर्षमा  कम्पनीको खुद नाफा बढेर ६ करोड पुगेको हो । जुन प्रतिशतको आधारमा १३६४ प्रतिशतको वृद्धि हो ।

यस अवधिमा  कम्पनीको सापटी १४.१४ प्रतिशतले बढेर १ अर्ब ४१ करोड पुगेको छ । कम्पनीको निक्षेप १३.७२ प्रतिशतले बढेर १ अर्ब २० करोड पुगेको छ भने कर्जा प्रवाह २३.४६ प्रतिशतले बढेर २ अर्ब ९९ करोड पुगेको छ । 

यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ८९.१९ प्रतिशतले बढेर २० करोड ९१ लाख पुगेको छ । २५ करोड २३ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा १७ करोड ७७ लाख रहेको छ । 

कम्पनीको प्रति शेयर आम्दानी ३१.७५ र प्रति शेयर नेटवर्थ १७०.४६ रुपैयाँ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved