आज पनि दोहोरो अंकले घट्यो नेप्से सूचक, चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक गुमाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 03:43:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 आज सोमबार पनि शेयरबजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३  को बिन्दुमा पुगेको छ । 

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ७६ करोड ६८ लाख १ हजार २ सय २४ रूपैयाँ बराबरको  कारोबार भएको छ । आज कारोबारमा आएका २१३ कम्पनीको  १ करोड ४२ लाख ७ सय ६८ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

बजार फराकिलो रूपमा घटेपनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएका मध्य हाइड्रो पावर र फाइनान्स बाहेक सबैको समुहगत सुचक घटेको छ ।

आज चन्द्रागिरीको शेयर मूल्य भनेसर्वाधिक ९.५१ प्रतिशतले घटेको छ  । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्टमा कम्पनीको अधिकांश वित्तीय सूचक खराब देखिएपछि कम्पनीको शेयर मूल्य घटेको हो  । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved