४१ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 08:12:40 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक Citizens Bank International Limited  को खुद नाफा ४१.६१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९ करोड नाफा कमाएकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर १ अर्ब ५४ करोड पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३४ करोड रहेको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप ४३.६८ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३७.९२ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब पुगेको छ ।  ।

११ अर्ब ६६ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ४६ करोड रहेको छ । बैंकको खराब कर्जा भने ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ ।   बैंकको प्रति शेयर आम्दानी १७.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १४६.८७ रुपैयाँ रहेको छ  । 

बैंकले हालै मात्र तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको थियो भने सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved