३६ प्रतिशतले बढ्यो गरिमा विकास बैंकको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 08:43:56 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमा विकास बैंक Garima Bikas Bank Limited को खुद नाफा ३६.९७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४९ करोड ६४ लाख  नाफा कमाएकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर ६७ करोड ८२ लाख पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४९ करोड २ लाख रहेको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप ३९.५३ प्रतिशतले बढेर ५९ अर्ब २० करोड पुगेको छ भने कर्जा प्रवाह ४४.२८ प्रतिशतले बढेर ५० अर्ब २९ करोड पुगेको छ ।  ।

३ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ४३ करोड रहेको छ । बैंकको खराब कर्जा भने ०.२४ प्रतिशतबाट बढेर ०.५८ प्रतिशत पुगेको छ ।   बैंकको प्रति शेयर आम्दानी २४.६० रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १३८.९२ रुपैयाँ रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved