
जनउत्थान सामुदायिक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख ३० गते बुटवलमा साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुनेछन्। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ९२ लाख रहेको छ ।
त्यस्तै सभामा संस्थाको अधिकृत पुँजी १५ करोड बाट बढाएर ५० करोड पुर्याउने, संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरको बनाउने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको नियामक निकायबाट निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने , मर्जर तथा प्राप्ति समबन्धि सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, विशेष प्रस्ताव पेश हुने छ ।
त्यस्तै सभामा साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, संचालकहरुको सेवा सुविधा वृद्धि गर्ने , स्वतन्त्र संचालकको मनोनयन अनुमोदन गर्ने लगायतक प्रस्ताव पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।