मध्य भोटेकोशीले पायो डेढ अर्बको आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 01:55:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बैशाख ५ गते अनुमति प्रदान गरेको हो 

यस संगै कम्पनीले  १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्ने छ । जस मध्ये  स्थानीयवासीका लागि १० प्रतिशतले हुन् आउने ६० लाख कित्ता र सर्बसाधारणको लागि १५ प्रतिशतले हुन् आउने ९० लाख कित्ता गरी कुल १ करोड ५० लाख कित्ता शेयर निष्काशन हुने छ । आईपिओ निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक र  नागरिक लगानी कोषलाई प्रत्याभूतकर्ता (अण्डरराइटर) छनौट गरेको छ । 

कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संच्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ  । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ  । यो कम्पनीमा चिलिमेको मुख्य लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved